किसानहरुले उखु दिन थालेपछि नवलपरासीका दुई चिनी उद्योगहरु सन्चालनमा

किसानहरुले उखु दिन थालेपछि बुधबारदेखि नवलपरासीका दुई चिनी उद्योगहरु सन्चालनमा आएका छन् ।
तीनओटा उद्योग रहेको जिल्लामा लुम्बिनी चिनी उद्योग भने अझै सन्चालनमा आउन सकेको छैन । बाग्मती र इन्दिरा चिनी उद्योगले गत वर्षको बाँकी रकम क्रमशः भुक्तानी गर्दै जाने र नयाँ उखुका लागि पेश्की दिने बताएपछि किसानहरुले उखु उपलब्ध गराएका हुन् ।
तर, लुम्बिनीले भने गत वर्षको बाँकी रकम र अहिलेको पेश्कीबारे केही नभनेकाले सो मिललाई किसानले उखु दिएका छैनन् । लुम्बिनी चिनी उद्योगले गत वर्षको ३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
त्यस्तै, गत वर्ष उखु तौलमा किसानलाई ठगी गरेको भन्दै किसानहरु यस वर्ष पनि आक्रोशित भएका छन् । दुईटा उद्योगले यस वर्ष पेश्की रकमबापत ३ सय रुपैयाँ दिने जनाएपछि किसानहरुले उखु दिन थालेका हुन् ।
अन्य रकम भने सरकारले मूल्य निर्धारण गरेपछि भुक्तानी गर्ने शर्त रहेको छ । बाग्मतीले ११ करोड र इन्दिराले ५ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ । इमेजखबरमा समाचार छ ।