दुबईको ६३ तले होटेलमा नयाँ बर्षको स्वागतको लागि फायरवोर्क्स जलाउने तयारी हुदै गर्दा भीषण आगलागी

विश्वभर नयाँ वर्ष २०१६ को स्वागत भइरहँदा दुबईमा भने एउटा प्रख्यात होटलमा आगलागी भएको छ । नयाँ वर्षको स्वागतका लागि विशेष कार्यक्रम आयोजना भइरहेको समयमा  एड्रेस होटल मा आगलागी भएको हो ।
उक्त होटल विश्वकै सबैभन्दा अग्लो भवन  बुर्ज खलिफा नजिकै छ ।
आगो कसरी लाग्यो भन्नेबारे प्रष्ट हुन सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार आगोको ज्वाला एक हजार फिटभन्दा माथि उठेको थियो ।
आगलागीमा १४ जना घाइते भएको जनाइएको छ । आगो नियन्त्रणका लागि कयौं दमकल परिचालन गरिएको थियो । (एजेन्सी)

(अर्घाखाँची डट्कम) –  दुबईको ६३ तले ५ तारे होटेलमा नयाँ  बर्ष २०१६ को स्वागतको लागि फायरवोर्क्स जलाउने तयारी हुदै गर्दा भीषण आगलागी भएको छ । 
 संसारकै सबैभन्दा अग्लो भवन, बुर्ज खलिफा, नजीकै रहेको ३०० मिटर अग्लो सो होटलको २० औं तलाबाट आगो शुरु भएको थियो । 
‘दि एड्रेस’ नामक ६३ तले उक्त भवनमा विलासी पाँच तारे होटल तथा आवासीय परिसर पनि रहेका छन्  ।
बुर्ज खलिफामा नयाँ वर्ष २०१६ को पूर्व सन्ध्यामा गरिने आतसवाजी हेर्न मानिसहरु भेला भैरहेका बेला उक्त आगलागी भएको थियो। आगोको लिप्का टाढा टाढाबाट देख्‍न सकिन्थ्यो।