जर्मनीको म्युनिखमा चरमपन्थी हमलाको आशंकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सहरका सपिङ मलदेखि सार्वजनिक स्थानमा खानतलासी गरिएको छ भने रेल वे स्टेसन बन्द गरिएका छन् । जर्मन सरकारले बढी भीडभाड हुने ठाउँमा नजान सर्वसाधारणलाई अपील गरेको छ ।
नयाँ वर्षको सुरुआतसँगै जर्मनीको म्युनिखमा चरमपन्थीले हमला गर्ने अपुष्ट सूचना प्राप्त भएको भन्दै सुरक्षा व्यवस्था कडा तुल्याइएको हो ।
रेल वे स्टेसन बन्द हुँदा सयौं पर्यटक अलपत्र परेका छन् भने नयाँवर्षको खुसियाली मनाउन भेला भएका सर्वसाधारणमा त्रास छाएको छ । (एजेन्सी)