प्रधानमन्त्री केपी ओलीद्धारा जनताका समस्याप्रति सरकार संवेदनशील रहेको उल्लेख

प्रधानमन्त्री केपी ओलीले जनताका समस्याप्रति सरकार संवेदनशील रहेको बताएका छन् ।
शुक्रबार राजधानीमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले पुनःनिर्माणको कामलाई तीव्रताकासाथ अघि बढाइने बताए ।
प्रधानमन्त्री ओलीले मधेस आन्दोलनका कारण विकासमा बाधा पुगेको भन्दै क्रमिकरुपमा सबै समस्याको समाधान हुने उल्लेख गरे ।
आन्दोलनकारीका उचित मागहरु सम्बोधन गर्दै अहिलेको अवस्थालाई सामान्य बनाइने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले सरकारले शान्ति-सुरक्षा प्रदान गर्ने, दुुई वर्षभित्र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने, तीन महिनाभित्र ट्रेड युनियनको आधिकारिक निर्वाचन गराउने, औद्योगिकरण र लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
सरकारी कार्यालय र कर्मचारीको कामबाट सेवाग्राहीहरु निराश बनेको भन्दै उनले काम नगर्नेहरुलाई कारबाही गरिने पनि बताए । – इमेजखबरमा समाचार छ ।