कालोबजारी नियन्त्रण गर्न माग गर्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुद्धारा काठमाडौंमा प्रदर्शन

कालोबजारी नियन्त्रण गर्न माग गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ। 
आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको सय दिन नपुग्दै अनेरास्ववियु सरकार विरुद्ध प्रदर्शनमा उत्रिएको हो। 
भारतले गरेको नाकाबन्दीपछि कालोबजारी मौलाएको र नियन्त्रणका लागि सरकार गम्भीर नभएकाले प्रदर्शनमा उत्रिएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले बताए।
उनले भने,  सरकार गम्भीर भएर कालोबजारी नियन्त्रणमा नलागे अझ कडा आन्दोलनमा उत्रिने छौं। सेतोपाटीमा समाचार छ ।