प्रधानमन्त्री केपी ओलीद्धारा भूकम्पपीडितहरुका लागि तत्काल ५० ओटा सामूहिक आवास निर्माण गर्ने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भूकम्पपीडितहरुका लागि तत्काल ५० ओटा सामूहिक आवास निर्माण गर्ने बताएका छन् ।
नेपाल इन्जिनियर्स एसोसियसनले शनिबार राजधानीमा गरेको ग्रामीण आवास डिजाइन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममामा प्रधानमन्त्री ओलीले पुनःनिर्माण प्राधिकरणले तत्काल काम सुरु गर्ने र ५० ओटा सामूहिक आवास निर्माण गर्ने बताए ।
उनले इन्जिनियरहरुलाई साथमा लिएर सरकार देश बनाउने अभियानमा लागेको स्पस्ट पारे ।
प्रधानमन्त्री ओलीले पुनःनिर्माणको काममा नेपाली इन्जिनियरहरुलाई नै खटाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले इन्जिनियरहरु सन्दिप पुरी र सुयोग कायस्थलाई उत्कृष्ट ग्रामीण आवास डिजाइन पुरस्कार प्रदान गरे । पुरस्कारको राशी जनही दुई लाख रुपैयाँको रहेको छ ।
प्रतियोगितामा विद्यार्थी र पेशागत गरी दुई विधाका ६० ओटा आवास डिजाइनलाई समावेश गराइएको थियो ।
चार दिनसम्म प्रदर्शनीमा राखिएका आवास डिजाइनमा ग्रामीण संस्कृतिअनुरुप थोरै लगानीमा स्थानीय सामाग्री प्रयोग गरी भूकम्पप्रतिरोधी बनाइनेमा विशेष ध्यान दिइएको थियो । इमेजखबरमा समाचार छ ।