राष्ट्रिय सहमतिको सरकार गठनको आवश्यकता: एमाले झलनाथ खनाल

पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारको तीब्र आलोचना भइरहेका बेला एमाले वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार गठनको आवश्यकता औंल्याएका छन्। नेता खनालले देशमा अहिले चलिरहेको अन्तरबिरोध हटाउन सबै पार्टीको एकता आवश्यक भएको भन्दै राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने बताए। सेतोपाटीमा समाचार छ । 
नेकपा एमाले कोसी अञ्चल समन्वय समितिले आयोजना गरेको दुई दिवसीय अगुवा कार्यकर्ता भेलालाई शनिबार विराटनगरमा सम्बोधन गर्दै खनालले भने, अहिले देशमा जुन किसिमले अन्तरबिरोध चर्केका बेला देशका सम्पूर्ण शक्तिलाई एकताबद्ध बनाउने कार्यनीति अपनाउनुपर्छ।
देश तथा देशबाहिरबाट अहिले चाहिएका गलत कदमप्रति सचेत हुनुपर्ने बताउँदै राष्ट्रिय एकतालाई कार्यनीतिको रुपमा अघि बढाउनुपर्ने खनालले बताए। भारतको अघोषित नाकाबन्दीपछि आपूर्ति व्यवस्थामा भइरहेको व्यवधान, कालोबजारी नियन्त्रणलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने समेत बताए।
आपूर्ति व्यवस्थामा देखिएको व्यवधान, कालोबजारी नियन्त्रणका निम्ति प्रभावकारी कदम आवश्यक छ, खनालले भने, तराईमा अहिले शान्ति सुरक्षाको अवस्था खस्कँदो छ, डर र त्रासको वातावरण सिर्जना भएको छ, यस्तो अवस्थामा शान्ति सुरक्षालाई प्रभावकारी बनाउनुपर्छ।
बरिष्ठ नेता खनालले नाकाबन्दीले राष्ट्रिय संकट ल्याएको भन्दै त्यसलाई दुःखपूर्ण ढंगले बुझ्नुपर्ने बताए। उनले नाकाबन्दीले परनिर्भता हटाउनुपर्ने पाठ सिकाएको भन्दै अन्य छिमेकी मुलुकसँग पनि सम्बन्ध सुमधुर बनाउनुपर्ने बताए।
हामी यतिधेरै परनिर्भर रहेछौं भन्ने अहिले बुझेका छौं, हामी अन्य छिमेकी मुलुकसँग सम्बन्ध बढाउने दिशातिर अग्रसर हुनुपर्छ, खनालले भने, चीनसँग जोडिएका नाका खोल्ने, बंगलादेशबाट के ल्याउन सकिन्छ त्यो हेर्ने र जहाजबाट ल्याउन सकिने चिजलाई गहिरो ढंगले सोचविचार गरेर अहिलेको संकट समाधानतिर लाग्नुपर्छ।
नेता खनालले अहिले