प्रमुख तीन दलले मधेसी मोर्चाले पेश गरेका ११ बुँदे माग सम्बोधन र संविधान संशोधनलाई आवश्यक परिमार्जन गर्न कार्यदल गठन गर्ने प्रस्ताव गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकमा प्रमुख तीन दलका तर्फवाट प्रधानमन्त्री केपी शर्मा ओलीले ११ बुँदे माग सम्बोधन गर्न र संविधान संशोधनलाई आवश्यक परिमार्जन गरी सहमति जुटाउन तथा गृहकार्यका लागि कार्यदल गठन गर्ने प्रस्ताव गरेका हुन्।
तर मोर्चाका नेताहरुले भने कार्यदलको औचित्य प्रष्ट पार्नु पर्ने वताएका छन् । वैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले मोर्चाको ११ बुँदे माग सम्बोधन गर्ने र संविधान संशोधनको विषयमा कुराकानी भएको वताए। उनले मोर्चाको माग सम्बोधन गर्नका लागि सहमति जुटाउन र गृहकार्य गर्न प्रमुख तीन दलका तर्फबाट एक