विराटनगरमा अवैध रुपमा ग्यास एवम् पेट्रोलियम पदार्थको कालोबजारी गर्ने १२ जना नियन्त्रणमा

विराटनगरमा अवैध रुपमा ग्यास एवम् पेट्रोलियम पदार्थको कालोबजारी गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विराटनगर क्षेत्रमा फैलिएको ग्यास एव इन्धनको कालो बजारी नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाएपछि १२ जना पक्राउ परेका हुन् ।
प्रहरीले हिजो साँझदेखि मंगलबार विहानसम्मका ठूलो मात्रामा पेट्रोलियम पदार्थ समेत बरामद गरेको छ । मोरङका प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले अहिलेसम्म ९ हजार ५ सय ८५ लिटर डिजेल नगरका विभिन्न स्थानवाट नियन्त्रणमा लिइएको जानकारी दिए ।
यस्तै ६ सय ६२ लिटर पेट्रोल, १ सय ७१ वटा ग्यास सिलिण्डर र १ सय ५० लिटर मट्टितेलसहित इन्धन ओसार्ने तीन वटा गाडी पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।