सरकारले नेपालको संविधानका विशेषताका बारेमा जनतालाई सुसूचित गर्न जनताको संविधान, जनताकै माझमा राष्ट्रिय अभियान थप एक महिना सञ्चालन गर्ने भएको छ।
सरकारले नेपालको संविधानले नेपाली जनतालाई प्रत्याभूत गरेका, अधिकार, कर्तव्यलगायत संविधानका मूलभूत प्रावधान र विशेषताका बारेमा सबैलाई जानकारी गराउने उद्देश्यले गत मङ्सिर २१ गतेदेखि मुलुकभर एकमहिने राष्ट्रिय अभियान सुरु गरेको थियो। अभियानका बारेमा जनस्तरबाट निरन्तरताको माग आएको र केही हिमाली एवम् तराईका जिल्लामा सो कार्यक्रम गर्न बाँकी रहेकाले सरकारले आगामी माघ २१ गतेसम्म सञ्चालन गर्ने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ।
एक महिनाको अवधिमा नेपालको संविधान