दाङको तुलसीपुरमा स्कुल बस र माइक्रोबस ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ७

दाङको तुलसीपुरस्थित सौडिकुलामा स्कुल बस र माइक्रोबस ठोक्किँदा बुधबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
मृत्यु हुनेमा दाङ त्रिपुर नगरपालिका-१ कि २६ वर्षीया सपना अन्सारी, मानपुुरका ३० वर्षीय धनबहादुर थापा, ठेगाना खुल्न नसकेकी २७ वर्षीया बसन्ती र सल्यान, काभ्राका २ वर्षीय बालक हेमन्त विष्ट छन् ।
मृतकमध्ये ३ जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरुको राप्ती उपक्षेत्रीय अस्पताल दाङमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई नेपालगन्ज लगिएको छ ।
रा१क १९१ नम्बरको स्कुल बस र रा१ज ३७२ नम्बरको माइक्रोबस ठोक्किएर दुर्घटना भएको हो ।
विद्यार्थी लिन घोराहीबाट नारायणपुरतर्फ जाँदै गरेको पद्मोदय पब्लिक स्कुलको बसमा विद्यार्थी भने नरहेको प्रहरीले जनाएको छ ।
मृतक र र घाइते सबै माइक्रोबसका यात्रु रहेको प्रहरीले जनाएको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको पनि प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।