प्रधानमन्त्री केपी ओलीद्धारा नेपालको विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उल्लेख

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन् ।
कोरियाबाट आएको प्यासेफिक एशिया सोसाइटीको प्रतिनिधिमण्डलसँग बिहीबार आफ्नै सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालप्रति अन्तर्राष्ट्रिय सद्भाव र सहयोग वृद्धिको आवश्यकता रहेको बताएका हुन ।
उनले मुलुक विपदमा परेको अवस्थामा आएको सहयोगको प्रशंसासमेत गरे ।  कोरियाले नेपालको शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा पु-याएको सहयोगको स्मरण गर्दै उनले भविश्यमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह गरे ।
प्रधानमन्त्रीसँगको भेटपछि प्यासेफिक एसिया सोइसाइटीका अध्यक्ष छु टुङ गोले नेपालको विकासका लागि  कोरिया सरकारले जुनसुकै सहयोग गर्ने बताए ।
प्रधानमन्त्री ओलीसँगको भेटमा प्रतिनिधिमण्डलले नेपालको कृषि र पशुपालनको क्षेत्रमासमेत लगानी बढाउने प्रतिबद्धता जनाएको छ । – इमेजखबरमा समाचार छ ।