एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका प्रधानमन्त्री ओलीद्धारा ग्यासको पाइपलाइन नै घरघरमा पुर्याइदिने घोषणा
पौष २४ गते, २०७२ मा प्रकाशित
एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब ‘ग्यासको पाइपलाइन नै घरघरमा पुर्याइदिने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेकपा एमाले राजधानी विशेष समन्वय कमिटीको भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘ग्यासको सिलिन्डर बोकेर सडकमा दौडनुपर्ने युगको अन्त्य गर्दै’ घरघरमा पाइपलाइनबाट ग्यास पुर्याइदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आफूले गर्न लागेका काम देखेर विरोधीहरु आत्तिन थालिसकेको भन्दै केही समयमै मुलुकको इन्धन संकट समाप्त पार्ने बताए ।
उनले डिजेलबाट चल्ने सवारी-साधनको सट्टा विद्युतीय सवारीलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए ।
देश विकासका लागि आफूले विभिन्न योजना ल्याइरहेको भन्दै उनले त्यस्ता योजना साकार पारेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकका विभिन्न स्थानमा