संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्धारा जनकपुरमा लाठी जुलुस प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनकपुरमा लाठी जुलुस प्रदर्शन गरेको छ।
 
व्यापारीहरुले आन्दोलनकारीका दुई वटा मोटरसाईकलमा आगजनी गरेको विरोधस्वरुप मोर्चाले शुक्रबार जनकपुरमा लाठी जुलुस प्रदर्शन गरेको हो।
 
मोर्चाले पिरारी चौकबाट निकालेको लाठी सहितको जुलुसले  नगरको विभिन्न भागको परिक्रमा गरेको थियो। जुलुस प्रदर्शनका क्रममा मोर्चाका कार्यकर्ताले बजारका साथै शिक्षण संस्था समेत बन्द गराएका छन्।
 
आन्दोलनकारीहरुले विहिवार आफ्ना मोटरसाइकल जलाउने काममा संलग्न व्यापारीका घर र पसलमा मधेश विरोधी भनेर लेखेका छन्। लामो समयदेखिको आन्दोलनका कारण उद्योगधन्दा चौपट भएको भन्दै व्यापारीहरुले विहिवार पसल बन्द गर्न दवाब दिने आन्दोलनकारीका दुई वटा मोटरसाइकलमा आगजनी गरिदिएका थिए । सेतोपाटीमा समाचार छ ।