देशभर जताततै इन्धन सजिलै पाईन थाल्यो! इन्धनको मूल्यमा भारी गिरावट, अब पेट्रोल १०० रुपैयाँमा, डिजल र मट्टितेलमा प्रीतलिटर ४ देखि ५ रुपैयाँसम्म घटाउने तयारी

भारतीय नकाबन्दी अन्त्य सँगै देशभर जताततै इन्धन सजिलै पाईन थाले पछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाउन लागेको छ । 
 
अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्यमा भारी गिरावट आएको र खरिद दर पनि घटेकाले इन्धनको मूल्य घटाउने तयारी गरिएको हो ।  १ सय ४ रुपैयाँमा पाइने पेट्रोलको मूल्य सय रुपैयाँमा झार्न लागिएको छ । 
आइओसीले माघ ३ गते नयाँ मूल्यसूची पठाएपछि निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रीतलिटर ४ रुपैयाँ देखि ५ रुपैयाँसम्म घटाउने  तयारी गरेको छ ।  नयाँ पत्रिका दैनिकमा समााचार छ ।