पाइप लाइनबाट घर-घरमा ग्यास’ उपलब्ध हुनेमा एमाले झलनाथ खनालले नै पत्याएनन्

एमाले वरिष्ठ नेता झलनाथ खनालले काठमाडौंका घर-घरमा पाइपबाट ग्याँस पुर्‍याउने काम सजिलो नभएको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्शले आज राजधानीमा आयोजना गरेको चेम्बर एक्स्पोको अवलोकनका क्रममा ईमेज टेलिभिजनसँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले घर-घरमा पाइपलाइनबाट ग्यास उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रसंगमाथि टिप्पणी गर्दै खनालले भने, यो त उहाँले पछिका लागि कल्पना गरेको होला, त्यो बेग्लै कुरा हो । आजभोलि नेपालीले त्यो कुरा पाउन सक्ने अवस्था छैन ।
विकसिक देशहरुमा घर-घरमै पाइप लाइनबाट ग्यास उपलब्ध भइसकेको प्रसंग उल्लेख गर्दै खनालले भने, विकसित देशहरुमा ती कुरा सम्भव भइसकेका भए पनि, हामीले क्रमशः हासिल गर्न सक्छौं, अहिले नै होइन ।
प्रधानमन्त्रीले पाइपबाट घर-घरमा ग्यास पुर्‍याउने उद्घोष गर्नु सकारात्मक भएपनि नेपालको सन्दर्भमा त्यो तत्काल सम्भव नहुने खनालको भनाई थियो ।
उनले देशमा अब विकास निर्माणको कार्यलाई द्रूत गतिमा अघि बढाउनु अपरिहार्य रहेको बताए । इमेजखबरमा समाचार छ ।