प्रधानमन्त्रीद्धारा राज्यका हरेक निकायमा महिला सहभागिता बढाउन आफूले सरकारका तर्फबाट कुनै कसर बाँकी नराख्ने उल्लेख

 प्रधानमन्त्री केपी ओलीले राज्यका हरेक निकायमा महिला सहभागिता बढाउन आफूले सरकारका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
सामान्य प्रशासन मन्त्रालयले सोमबार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानले ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था गरेको भएपनि त्यो पर्याप्त नभएको बताए ।
उनले महिला शिक्षामा जोड दिन सकिए समाजका हरेक क्षेत्रमा महिलाको सहभागिता बढाउन सकिने धारणा राखे ।
कार्यक्रममा सामान्य प्रशासनमन्त्री रेखा शर्माले मुलुकका हरेक परिवर्तनमा महिला अग्रमोर्चामा उभिने गरेपनि उनीहरुलाई अझै उचित स्थान दिन नसक्नु दुःखद भएको बताइन् । – इमेजखबरमा समाचार छ ।