माग सम्बोधन गर्ने विषयमा प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलले गृहकार्य अन्तिम चरणमा

आन्दोलनरत् मधेसी मोर्चाका माग सम्बोधन गर्ने विषयमा प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलले गृहकार्य अन्तिम चरणमा पुर्‍याएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि नेताहरुले वार्ता सकारात्मक भएको र केही दिनभित्रै परिणाम निस्कने दाबी गरेका हुन् ।
राजनीतिक संयन्त्रमार्फत् प्रदेशहरुको सीमांकन विवाद टुंग्याउने र संविधान संशोधनमार्फत् मोर्चाका अन्य मागहरुलाई सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित रहेको नेताहरुले बताएका छन् ।
बैठकपछि गृहमन्त्री शक्ति बस्नेतले सबै विषयमा छलफल भएको, विवादहरु साँघुरिएको र केही दिनभित्रै सहमति जुट्ने बताए ।
यस्तै, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयश त्रिपाठीले पनि मधेसी मोर्चाका माग सम्बोधन गर्ने विषयमा वार्ता सकारात्मक ढंगले अघि बढेको उल्लेख गरे ।
बैठकपछि नेताहरुले कार्यदलस्तरमा भएको गृहकार्यबारे शीर्ष नेताहरुलाई जानकारी गराउने र प्राप्त सुझावको आधारमा अघि बढ्नेसमेत जनाएका छन् । इमेजखबरमा समाचार छ ।