काठमाडौं महानगरपालिकाद्धारा कुकुर व्यवस्थापनका लागि साढे तीन करोड रूपैयाँ बजेट

काठमाडौं महानगरपालिकाले कुकुर व्यवस्थापनका लागि साढे तीन करोड रूपैयाँ बजेट छुटट्याएको छ। महानगरपालिकाले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७३।०७४ को बजेटमा घरपालुवा, छाडा कुकुर र छाडा पशु चौपायाको उचित व्यवस्थापनका लागि तीन करोड ५० लाख रूपैयाँ विनियोजन गरेको हो।
महानगरपालिकाले हुमन इन्टरनेशनल सोसाइटीसँगको सहकार्यमा काठमाडौंका छाडा पशु चौपायाको उचित व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका कुकुर व्यवस्थापन आयोजना स्थापना गरी कार्यान्वयनमा ल्याउने योजनामा उल्लेख छ। 
यसैगरी काठमाडौं महानगरपालिका क्षेत्र भित्रका बधशालाहरुको स्तरोन्नतिको लागि ५० लाख बजेट विनियोजन गरिएको छ।
 महानगरपालिकाले आर्थिक वर्ष ०७३।०७४ का लागि कूल ३ अर्ब ६६ करोड २० लाख७ ० हजार रुपैयाँ बजेट छुट्टाएको छ। सेतोपाटीमा समाचार छ ।