शिक्षा मन्त्रालयले शिक्षा क्षेत्रको सुधारका लागि १० खर्ब रुपैयाँ बराबरको योजना ल्याउन लागेको छ ।
विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) नामको सो योजनाको अवधि सात वर्षे हुने शिक्षा मन्त्रालले जनाएको छ ।
योजनामा विद्यालय सुधार कार्यक्रम, गुणस्तरीय शिक्षा, परीक्षा प्रणलीमा सुधार, कक्षा १ देखि ८ सम्म आधारभूत तह, ९ कक्षा देखि १२ सम्म माध्यामिक तह बनाइने छ ।
त्यस्तै, राष्ट्रिय परीक्षा बोर्ड स्थापना गर्ने, कक्षा ८, १० र १२ को अन्त्यमा तीन तहमा राष्ट्रिय परिक्षा सन्चालन गर्ने, सबै शैक्षिक प्रमाणपत्रमा अक्षरांकन पद्दति अवलम्वन गर्ने जस्ता योजनाहरु अघि सारिएको छ ।
भूकम्पबाट भत्किएका विद्यालयको पुनःनिर्माण, समग्र शिक्षा क्षेत्रलाई संविधानअनुरुप अभिमुख र पुनर्संरचना गर्ने पनि योजना रहेको छ ।
बुधबार राजधानीका गीरएको काक्रमका सहभागीहरुले यसअघि पनि शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र सुधार योजनाको ५ वर्षे कार्यक्रम सन्चालन गरेपनि ऐन