विद्युत् अभावमा दार्चुला जिल्लाकै दोस्रो ठूलो अस्पताल गोकुलेश्वर अस्पतालको सेवा प्रभावित भएको छ।
नेपाल विद्युत् प्रधिकरण दार्चुला वितरण केन्द्रद्वारा गोकुलेश्वर क्षेत्रमा वितरीत विद्युत् कहिलेकाहीँ नियमित नहुने तथा नियमित भएको बेला समेत भोल्टेजको समस्या हुने गरेकोले सेवाग्राहीलाई स्वास्थ्य सेवा दिन कठिनाइ हुने गरेको गोकुलेश्वर अस्पतालका प्रमुख डा चेतराज भट्टले बताए।
विद्युत् भएको बेला समेत जेनरेटर चलाउनु पर्ने बाध्यता छ, विद्युत भएपनि भोल्टेज कम हुन्छ, उनले भने, कम भोल्टेजमा एक्स-रे मेसिनले काम नगर्ने हुँदा विद्युत् भएको बेला समेत जनरेटर चलाएर एक्स-रे सेवा दिनुपरेको छ।
चिसोयाममा बढी जसो निमोनिया भएकाले बालबालिका तथा दम रोगबाट पीडित वृद्धवृद्धा यस अस्पतालमा सेवा लिन आउने गरेकामा उपचारमा प्रयोग हुने नेवुलाइजर मेसिनले समेत काम नगर्ने डा भट्टले बताए। उनले भने, दम तथा निमोनियाका रोगीहरुलाई उक्त मेसिनबाट वाफ दिनुपर्दछ कम भोल्टेजका कारण मेसिन नै चल्दैन ।
अस्पतालका लागि अलग्गै ट्रान्सफर्मर राख्न नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रसँग अनुरोध गरेको भएपनि अहिलेसम्म नराखेको उनले गुनासो गरे।
वितरण केन्द्र प्रमुख रामदिनेश चौधरीका अनुसार गोकुलेश्वर क्षेत्रमा ५० केभीएको सट्टा पछिल्लो समय सय सय केभीएको ट्रान्सफर्मर जडान गरिएको छ। वितरण प्रणालीमै भोल्टेज समस्या भएको हुनसक्छ