एक वर्षभित्रै लोडसेडिङ अन्त्य: उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी

उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्रै लोडसेडिङ अन्त्य गर्न सरकार लागिपरेको बताएका छन् ।
शुक्रबार पर्वतको कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उर्जामन्त्री रायमाझीले निर्माणाधीन आयोजनालाई फास्ट ट्रयाकबाट सम्पन्न गरेर एक वर्षभित्रै लोडसेडिङ अन्त्य गर्ने बताएका हुन् ।
उनले एक वर्षभित्रमा झन्डै २ सय ५० मेघावाटका जलविद्युत् आयोजनाहरु सम्पन्न भइ विद्युत् उत्पादन थाल्ने भएकाले त्यसपछि लोडसेडिङ अन्त्य हुने दाबी गरे ।
मन्त्री रायमाझीले उर्जा संकटकाल घोषणा गरेर मुलुकलाई तीव्र गतिमा विद्युत्बाट आत्मनिर्भर बनाउने पहल भइरहेको बताउँदै यसका लागि सरकारले दीर्घकालीन योजना निर्माण गरेर लागू गर्ने चरणमा रहेको जानकारी दिए ।
उनले विद्युत् अत्यधिक खपत हुँदा अहिलेसम्म साढे पाँच सयभन्दा बढी ट्रान्मिटर पड्किएको बताउँदै लोडसेडिङ बढाउनु बाध्यता भएको स्वीकार गरे ।
उर्जामन्त्री रायमाझीले शुक्रबारै पर्वतको कुश्मा नगरपालिका