पहिलोपटक पोखरामा हेलो सरकार सेवा सञ्चालनमा

सरकारले जनगुनासो व्यवस्थापनका लागि क्षेत्रीयस्तरमा पहिलोपटक पोखरामा हेलो सरकार सेवा सञ्चालनमा ल्याएको छ ।
जनताको गुनासा व्यवस्थापन, सेवा प्रवाहको प्रभावकारिता लगायतका उद्देश्य राख्दै यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मात्र हेलो सरकार राखिएकामा क्षेत्रीयस्तरमा पहिलोपटक पोखरामा यो सेवा सञ्चालनमा ल्याइएको हो ।
क्षेत्रीय प्रशासन कार्यालय पश्चिमाञ्चल विकास क्षेत्रद्वारा आइतबार आयोजित एक कार्यक्रममा मुख्यसचिव डा. सोमलाल सुवेदीले हेलो सरकार कक्षको उद्घाटन गरे ।
पोखरा