माघको पहिलो सातासम्म पनि पानी नपरेपछि डडेल्धुराका किसान चिन्तित भएका छन् । पानी नपर्दा गहुँ बाली सुक्ने अवस्थामा पुगेपछि किसानहरु चिन्नित भएका हुन् ।
प्रमुख नगदे बालीका रुपमा लगाईएको गहुँ खेतीमा पानी नभएपछि अनिकाल पर्ने चिन्ता किसानको छ ।
मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी फिल्ड कार्यालय डडेल्धुराले असोजमा ५ दशमलव ८ मिलिलिटर र कात्तिकमा २ दशमलव ४ मिलिलिटर मात्र पानी परेको जनाएको छ ।
समयमै हिउँदे बर्षा नहुँदा तरकारी, फलफूललगायत अन्य नगदे बालीको उत्पादनमा समेत