अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला नापी कार्यालय बाँकेका सर्वेक्षक जीवन यादवलाई सेवाग्राहीबाट लिएको एक लाख घुस सहित नियन्त्रणमा लिएको छ।
सर्वेक्षक यादवले नेपालगन्ज उपमहानगरपालिका-७ राम नगरका एक सेवाग्राहीको साढे ८ धुर जग्गाको कित्ताकाट गरी लालपुर्जा बनाउन कागजाज मिलाइदिने प्रलोभन देखाएर यो रकम लिएका थिए।
रकम लिएर अफिबाहिर निस्केका यादबलाई अख्तियारको टोलीले नेपालगन्जको बाँके गाउँ जाने बाटो नजिकै सडकमै नियन्त्रणमा लिएको थियो।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरका प्रमुम प्रहरी उपरिक्षक दीपक थापाले जानकारी दिए।
यसअघि गत असार २३ गते नापी कार्यालय बाँकेकै अमिन मनेलाल यादवलाई नेपालगन्ज उपमहानगरपालिकाको मनिकापुरका सेवाग्राहीसँग जग्गाको क्षेत्रफल बढाइदिने आश्वासन दिई २४ हजार लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले रंगेहात फेला पारेको थियो। सेतोपाटीमा समाचार छ ।