तनहुँको माझकोट गाविसस्थित मिर्लुंगमा सोमबार यात्रुबहाक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।
तीव्र गतिमा पोखरातर्फ गइरहेको ग१ख ४९७० नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा स्थानीय शुक्लागन्डकी नगरपालिका १३ की ४५ वर्षीय दिलकुमारी विकको मृत्यु भएको हो ।
घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तीव्र गति र क्षमताभन्दा बढी यात्रु राखेको कारण दुर्घटनामा भएको प्रहरीको अनुमान छ ।
बस चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।