तराई-मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण उपभोक्ता मुद्रास्फीति उच्चदरले बढ्दै गएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँचौ महिनाको आर्थिक स्थितिमा २०७२ मंसिर महिनामा वार्षिक बिन्दूगत् उपभोक्ता मुद्रास्फीति ११.६ प्रतिशत पुगेको जनाइएको हो ।
अघिल्लो वर्षको यसै महिनामा यस्तो मुद्रास्फीति ७ प्रतिशत रहेको थियो । कात्तिक महिनामै उच्चबृद्धि भएर १० दशमलव ४ प्रतिशत पुगेको थियो ।
त्यसै महिनाको तुलनामा पनि मूल्यबृद्धि १ दशमलब दुई बिन्दू प्रतिशतले बढिसकेको हो ।
वार्षिक बिन्दूगत् आधारमा खाद्य तथा पेयपदार्थ समूहको मूल्य सूचकांक बृद्धिदर १४.८ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक बृद्धिदर ९.१ प्रतिशत रहेको छ । इमेजखबरमा समाचार छ ।