संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गठित वार्ता टोलीले तीन दलद्वारा गठित वार्ता टोलीसितको वार्ता औचित्यहीन भएको भन्दै सो वार्ता टोलीसित वार्तामा नबस्ने जनाएको छ ।
सो वार्ता टोलीले नेपालको संविधान जारी गर्ने समयकै जस्तो हठ सरकारी वार्ता टोलीले देखाएको हुँदा अबको वार्ता मोर्चामा आवद्ध राजनीतिक दलका शीर्ष र तीन दलका शीर्ष नेतृत्वका तहमा हुने जनाएको छ ।
मोर्चाद्वारा गठित टोलीले तराई-मधेस लोतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा तीन दलसितको वार्ताको औचित्य भने समाप्त नभएको स्पस्ट पारेको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेतासहित ती दलबाट गठित वार्ता टोली र मोर्चाका वार्ता टोलीबीच सोमबार साँझ प्रधानमन्त्री निवासमा भएको वार्ताक्रममा भएका कुराकानीबाट आफूहरु तीन दलद्वारा गठित वार्ता टोलीसित वार्तामा नबस्ने निर्णयमा पुगेको तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले भने- तीन दलका शीर्ष नेता र ती दलका वार्ता टोली सोमबारको वार्तामा जुन भाव र शैलीमा प्रस्तुत भए, जे कुरा त्यहाँ राखे, यसले हामीलाई नराम्री मन दुखाउने काम गर्यो । यसैले उनीहरुसित हामीहरु वार्तामा नबस्ने निर्णयमा पुग्यौं ।
मोर्चाको आह्वानमा तराई