देशभर वर्षा, हिमाली क्षेत्रमा बाक्लो हिमपात, बिहीबारदेखि मौसममा सुधार आउने

माघ पहिलो सातादेखि पानी पार्ने प्रणाली पश्चिमी नेपालबाट प्रवेश गरेकाले वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको आकलन छ ।
पश्चिमी न्यून चापीय रेखाको प्रभावका कारण अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेपछि सोमबार रातिदेखि देशभरको मौसममा गडबडी आएको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
 महाशाखाका अनुसार मंगलबार देशभर घाम लागेन, वायुमण्डल पुरै धमिलियो ।
काठमाडौं उपत्यकासहित पहाड र तराईका जिल्लामा मंगलबार रातिदेखि सामान्य वर्षा हुने सम्भावना छ, कँडेलले भनिन्, दुई दिन मौसम गडबड हुने सम्भावना छ । उनका अनुसार उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात हुने सम्भावना छ । बिहीबारदेखि भने मौसममा सुधार आउने महाशाखाको अनुमान छ । ईकान्तिपुरमा समाचार छ ।