कपिलवस्तुमा दादुराजस्तो देखिने अज्ञात रोगबाट पाँच बालबालिकाको मृत्यु, ४६ जना बालबालिकामा रोगको संक्रमण

कपिलवस्तुको सोमडिह गाविसको ७ र ८ मा पर्ने इटवा गाउँमा दादुराजस्तो देखिने अज्ञात रोगबाट पाँच बालबालिकाको मृत्यु भएको छ ।
रोग देखिएयता १५ दिनको अवधिमा तीन वर्षका आकाश कोरी, डेढ वर्षकी जानकी रैदास, तीन वर्षका सञ्जु चौधरी, पाँच वर्षकी रिंका यादव र १० महिनाका अमित यादवको मृत्यु भएको हो ।
उक्त गाउँका अन्य ४६ जना बालबालिकामा रोगको संक्रमण देखिएको र उनीहरुको रगतको नमूना लिएर प्रयोगशाला परीक्षणका लागि काठमाडौं पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विष्णु जैसवालले जानकारी दिए । रासस