प्रमुख तीनसहित पाँच दलका शीर्ष नेताहरुद्वारा मधेसी मोर्चासँग छलफल गरी निकास खोज्ने निर्णय

प्रमुख तीनसहित पाँच राजनीतिक दलका शीर्ष नेताहरुले मधेसी मोर्चासम्बद्ध दलहरुका शीर्ष नेताहरुसँग छलफल गरी निकास खोज्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले विहीबार (भोलि) बिहान मोर्चाका नेताहरुसँग छलफल गरी माघ ९ गतेभित्र प्याकेजमै सहमति खोज्ने निर्णय गरेको गरेको नेताहरुले बताएका छन् ।
मोर्चासँग सहमति नभए तीन पार्टीको कार्यदलले परिमार्जन गरेको संविधान संशोधन प्रस्तावलाई अघि बढाउने निष्कर्षमा पनि शीर्ष नेताहरु पुगेका छन् ।
तीन दलको कार्यदल र मधेसी मोर्चाको कार्यदलले सहमतिको बाटो पहिल्याउन नसकेपछि शीर्ष तहमै वार्ता गर्नुपर्ने अवस्था आएको हो ।  इमेजखबरमा समाचार छ ।