महिला बेचबिखनमा संलग्न चारजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
चारजना महिलालाई भारतमा बेचबिखन गर्न लैजाँदै गरेका चारजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा चितवन मंगलपुर-७ का सञ्जय तामाङ, तनहुँ केशवटार-२ का टोलाराम थापा, धादिङ गजुरी-२ का दयाराज कँडेल र स्याङ्जा पन्चमुल-९ का राजु गुरुङ छन् ।
कँडेललाई काठमाडौंबाट र अन्य तीनजनलाई चितवनको भरतपुरस्थित होटल अशोकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुसँगै रहेका रामेछापका १९ देखि ३१ वर्ष उमेर समूहका चारजना महिलालाई प्रहरीले उद्धार गरेको छ ।
पक्राउ परेकाहरुले रोजगारीको लागि कीर्गिस्तान पठाइदिने भन्दै महिलाहरुलाई भारतमा बेचबिखन गर्न खोजेको प्रहरीको आरोप छ । – इमेजखबरमा समाचार छ ।