देशभरको मौसममा सुधार

दुई दिनदेखि बिग्रिएको देशभरको मौसममा आजदेखि सुधार आउने भएको छ । 
मौसमविद्हरुले काठमाडौं उपत्यकासहित देशभरको मौसममा सुधार आउने बताएका छन् । दिउँसोबाट पश्चिम र मध्य नेपालमा मौसममा सुधार आउने छ ।
तर पूर्वी नेपालमा भने भोलिबाट मात्रै मौसममा सुधार आउने छ । अरब सागरबाट र बंगालको खाडीबाट आएको हावा मध्य भारतमा मिसिएर उत्तरपूर्वतर्फ सर्दै गएकाले त्यसको प्रभाव नेपालमा परेको मौसमबिदहरुले बताएका छन् ।   – इमेजखबरमा समाचार छ ।