सरकारले पेश गरेको संविधान संशोधन विधेयकमाथि संसदमा दफाबार छलफल सुरु

संसद भवन नयाँ बानेश्वरमा संसद बैठक सुरु भएको छ । सरकारले पेश गरेको संविधान संशोधन विधेयकमाथि बिहीबार दफाबार छलफल सुरु भएको छ ।
उक्क विधेयकमा २४ वटा संशोधन परेको छ । ती २४ वटै संशोधन कर्तालाई बैठकमा बोल्ने समय दिइएको छ । पहिलो वक्ता नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल संशोधन प्रस्ताव माथि बोलिरहेका छन‍्।
सरकारले धारा ४२, ८४ र २ सय ८६ मा संशोधनका लागि संसदमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो। ती विधेयकमाथि दफाबार छलफल सुरु भएको हो ।
धारा ४२ मा सामाजिक न्यायको हक, ८४ मा निर्वाचन क्षेत्रसँग संबन्धित प्रतिनिधि सभाको गठनको विषय छ। त्यस्तै २ सय ८६ मा निर्वाचन क्षेत्र सम्बन्धी व्यवस्था छ।
सरकारले पेश गरेको संविधान संशोधन विधेयकमाथि बिहीबार दफाबार छलफल हुने कार्यसूची भएपनि मधेसी मोर्चा सहित ६ दलका सांसदले सदन बहिस्कार गरेपछि उक्त कार्यसूची अनुसार भने छलफल हुन पाएन ।
थरुहट तराइ पार्टीका सांसद गोपला दहितले सदनमा बोल्दै अहिलेको संशोधनमा जे जति प्रस्ताव गरिएको छ ती प्रस्तावले मधेसको माग सम्बोधन नहुने बताए । उनले बोल्ने वित्तिकै मधेसी मोर्चासहित ६ दलका सभासदले सदन बहिस्कार गरेर हिँडेका थिए ।
यसैगरी संसदमा अन्य कार्यसूची अनुसार बैठक चलिरहेको छ । सदनको शुन्य समयमा विभिन्न विषयमा अनिता देवकोटा, आङ्तावा शेर्पा, रामकृष्ण यादव, भरत साउद, दलजित विक, डिल्ली प्रसाद काफ्ले र मीना पुनले बोलेका थिए । ईकान्तिपुरमा समाचार छ ।