एक महिनाभित्र काम पूरा गर्ने जिम्मेवारी पाएको व्यवस्थापिका संसद्को नियमावली मस्यौदा समिति म्याद थप गर्नमा सीमित भएको छ। समितिको प्रस्तावमा व्यवस्थापिका संसद्ले समितिको म्याद तेस्रो पटक थप गरेको छ। संसद्को विहिवारको बैठकले समितिको म्याद तेस्रो पटकका लागि १५ दिन थप गरेको हो। समितिको दोस्रो पटक थप गरिएको म्याद माघ ४ गते सकिएको थियो।
संसद्ले आफ्नो नियमावली बनाउनका लागि एक महिनाको म्याद सहित गत असोज २५ गते समिति गठन गरेको थियो। तर समितिले अहिलेसम्म नियमावलीको मस्यौदा तयार पार्न सकेको छैन। समितिका सभापति राधेश्याम अधिकारीले समिति अर्न्तगतको मस्यौदा उपसमितिले तयार पारेको मस्यौदा परिमार्जनका लागि अझै केही दिन लाग्ने भएकाले म्याद थप गर्न आवश्यक रहेको बताए।
नियमावली मस्यौदा समितिले संसदीय सुनुवाई विशेष समिति गठनका विषयमा दलहरुबीच विवाद् भएका कारण मस्यौदा तयार गर्न लामो समय लगाएको हो । सेतोपाटीमा समाचार छ ।