सरकारद्वारा शिक्षामन्त्रीको अध्यक्षतामा अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोग गठन

सरकारले शिक्षामन्त्रीको अध्यक्षतामा अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोग गठन गरेको छ। सेतोपाटीमा समाचार छ ।
 
शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले शिक्षामन्त्री अध्यक्ष रहने गरी गठन गरेको चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ।
 
सरकारले गठन गरेको अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोग पटक पटक आमरण अनसनमा बस्दै आएका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले राख्दै आएका विभिन्न माग मध्येको एक हो। केदारभम्त माथेमा आयोगले बुझाएको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा आयोग गठन गरिएको हो। 
 
चारजना सचिवमा बढुवा
 
सरकारले चार जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ। बरिष्ठताका आधारमा लोक सेवा आयोगको पिसफारिस अनुसार चन्द्रकुमार घिमिरेलाई सचिवमा बढुवा गरी प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको छ।
 
यस्तै बुढवा भएका सचिवहरुमा शशि शेखर श्रेष्ठ, लक्ष्मीप्रसाद ढकाल र शंकर कोइराला रहेका छन्। त्यसैगरी मुकुन्दराज प्रकाश घिमिरेलाई कायमुकायम क्षेत्रिय प्रशासकको रुपमा डोटी सरुवा गरिएको छ। 
 
प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव श्रीधर सापकोटा लोकसेवा आयोगमा सरुवा गरिएको छ।  यसैगरी मन्त्रिपरिषद बैठकले सँस्कृति, संघीय मामिला, भौतिक पूर्वाधार र भूमिसुधार मन्त्रालयका चार सचिवहरुलाई लुम्विनी विकास परिषदमा नियुक्त गरेको छ। सेतोपाटीमा समाचार छ ।