सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल कांग्रेसवीच संविधान संशोधन विधेयकमाथि परेका संशोधन प्रस्तावलाई कसरी मिलाएर लैजाने भन्नेबारे छलफल भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दुई दलको वैठकमा संविधान संशोधन, मधेसी मोर्चाले उठाएका माग लगायत विषयमा छलफल भएको कांग्रेस नेता महेश अाचार्यले जानकारी दिए।
बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै आचार्यले संसदमा पेश भएको संविधान संशोधन विधेयकमाथि परेका संशोधन प्रस्तावलाई समेटेर कसरी सवैलाई स्वीकार्य हुने गरी मिलाउने भन्नेबारेमा छलफल भएको बताए।
उनले भने-संविधान संशोधनका थुप्रै प्रस्तावहरु पेश भएका छन्। ती प्रस्तावहरुलाई हेरेर सबैलाई स्वीकार्य हुने गरी साझा प्रस्ताव तयार गर्ने विषयमा छलफल बैठक केन्द्रीत थियो। सेतोपाटीमा समाचार छ ।