प्रधानमन्त्री केपी ओली देश चिप्लेकिराको गतिमा अघि नबढ्ने र नेपाललाई पछाडी पारिराख्ने, सम्वृद्ध हुन नदिने र गरिबलाई गरिबै राखिराख्ने नियतबाट मुक्त गर्ने बताएका छन् ।
शनिवार बालुवाटारमा आयोजित ओली वंश अक्षयकोष तथा ओली वंश समन्वय समिति काठमाडौंद्वारा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उनले ओली वंशको शिर झुक्ने काम नगर्ने बताउादै पदमा पुग्नु ठूलो कुरा नभएर त्यसको गरिमा जोगाउनु ठूलो कुरा भएको बताए ।
देशलाई आधुनिक बनाउाछु, सम्वृद्ध बनाउाछुभन्दा विरोध भएको छ, उनले भने, १०५ वर्षमा ७०० मेघावट बिजुली निस्कियो । एक वर्षमा त्यती नै बिजुली निकाल्छुभन्दा मेरो कुरा काट्ने निस्किए ।
उक्त कार्यक्रममा प्रधानमन्त्री ओली र प्रधानमन्त्री पत्नी राधिका शाक्य ओलीलाई सम्मान गरिएको थियो । ईकान्तिपुरमा समाचार छ ।