यस वर्षदेखि एसएलसीमा ग्रेडिङ प्रणाली लागु गर्ने तयारी गरिरहेको शिक्षा मन्त्रालयले अब विश्वविद्यालय र उच्च माध्यमिक तहमा पनि ग्रेडिङ प्रणाली लागु गर्ने विषयमा छलफल थालेको छ ।
विश्व विद्यालय र उच्च माविमा ग्रेडिङ प्रणाली लागु गर्ने विषयमा नौ वटा विश्वविद्यालयका उपकुलपति, उच्च माध्यमिक शिक्षा परिषद्, शिक्षक, अभिभावकसँग छलफल गरिरहेको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरी लम्सालले जानकारी दिए ।
उनले सबै तहमा छिट्टै ग्रेडिङ प्रणाली लागु गर्ने तयारी भइरहेको जानकारीसमेत दिए । इमेजखबरमा समाचार छ ।