प्रधानमन्त्री केपी शर्मा ओलीले डोल्पाको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने बताएका छन् ।
डोल्पो समाजले शनिबार राजधानीमा गरेको सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले माथिल्लो डोल्पासम्म विकासको लहर फैलाउन सरकारले प्रयास गरिरहेको बताए ।
कार्यक्रममा डोल्पो समाजको राजधानीको आरुबारीस्थित तीन रोपनी एक आना जग्गामा डोल्पोबासीहरुका लागि संयुक्त आवास बनाउन सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।
निर्माणाधीन आवासको अनुमानित लागत १० करोड १० लाख रुपैयाँ रहेको छ । इमेजखबरमा समाचार छ ।