संसद अन्तरगतको सुशासन समितिको सभापति एमाले सांसद मोहनसिंह राठौर

व्यवस्थापिका संसद अन्तरगतको सुशासन समितिको सभापति एमाले सांसद मोहनसिंह राठौर हुने पक्का भएको छ। सुशासन समितिको सभापतिका लागि एमाले सांसद राठौरको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुने भएका हुन्।
सुशासन समितिको सभापतिमा उम्मेदवारी दिन संसद सचिवालयले शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि समय सीमा तोकेको थियो। सो अबधिमा राठौरको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जनाएको छ।  राठौरको उम्मेदवारीको प्रस्ताव समितिको आइतवार बस्ने बैठकमा निर्णयार्थ पेश गरिने संसद सचिवालयले जनाएको छ।
सुशासन समितिका सभापति रहेका एमाले सांसद शेरधन राई सञ्चामन्त्री भएपछि उक्त पत्र झन्डै तीन महिना यता रित्त रहेको थियो।
कैलालीको प्रतापुर-६ का राठौरको प्रस्तावकमा एमालेकै सांसद अम्बिका खवास राजबंशी र समर्थकमा एमाओवादीकी संसदमा अमनलाल मोदी रहेका छन्। सेतोपाटीमा समाचार छ ।