नयाँ संविधान जारी भएको ४ महिनापछि नेपालको संविधान २०७२ को पहिलो संशोधन गरिएको छ। शनिवार बसेको संसद बैठकले दुई तिहाई बुहमतबाट जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समावेशी समानुपातिक प्रतिनिधित्वको प्रस्ताव पारित गरेको हो। सेतोपाटीमा समाचार छ ।
संसदमा उपस्थित संख्या ४६८ मध्ये संविधान संशोधन विधेयकको पक्षमा ४६१ मत परेको थियो भने त्यसको विपक्षमा ७ मत मात्र परेपछि संविधान संशोधन विधेयक दुई तिहाई बहुमतले पारित भएको हो। संसदमा हाल कायम रहेको सांसद संख्या ५९६ को यो दुई तिहाई बहुमत हो। संसदबाट पास भएका दुवै संशोधन प्रस्ताव कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल र फरमुल्लाह मन्सुरले संसदमा दर्ता गराएका हुन्।
संविधानको धारा ४२ मा सामाजिक न्यायको हकमा उल्लेख गरिएको