विद्युत् प्राधिकरणको वितरण प्रणालीमा नै समस्या रहेका कारण ट्रान्सफर्मर जलेको अख्तियारको अध्ययन

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनमा नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणालीमा नै समस्या रहेका कारण ट्रान्सफर्मर जलेको पाइएको छ। 
 
भारतको अघोषित नाकाबन्दीपछि अत्याधिक भार विद्युत्मा पर्दा मुलुकका विभिन्न स्थानमा बढी मात्रामा ट्रान्सफर्मरमा समस्या आएको, कन्डक्टर र फ्युज तथा केबल समेत जलेका थिए। जताततैबाट असन्तुष्टि, चासो, उजुरी परेपछि आयोगले ट्रान्सफर्मर जलेको विषयमा विशेष कार्यदल नै बनाएर अध्ययन गरेको थियो। कार्यदलले काठमाडौँ उपत्यका र प्रमुख सहरहरुमा समेत प्राधिकरणको वितरण प्रणाली, ट्रान्सफर्मर, फ्युज तथा प्रसारणमा अपनाइएको सुरक्षालगायतका विषयमा अध्ययन गरेको थियो। 
 
आयोगको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ प्राधिकरणको वितरण प्रणालीमा रहेको कमजोरीका कारण उपभोक्ता मारमा परेका छन्। त्यसमा प्रमुख कमजोरी प्राधिकरणको नै देखिन्छ। उपभोक्ताले घरमा जडान गरेको क्षमताअनुसार विद्युत् उपभोग गर्न पाएका छैनन्। तर प्राधिकरणकै लापरबाहीका कारण ट्रान्सफर्मर, कन्डक्टरर फ्युज जलेको हो।
 
यस्तै आयोगले गरेको अध्ययनमा ट्रान्सफर्मर पूर्ण रुपमा जलेको भन्दा पनि त्यसमा रहेको सुरक्षा प्रणालीमा रहेको कमजोरी नै प्रमुख समस्या रहेको पाइएको छ। एकै पटक विद्युत्भार तथा माग बढ्दा वितरण प्रणालीमा रहेको समस्याका कारण कतिपय स्थानमा २० दिन भन्दा बढी बत्ती गएको थियो। आधा मात्रै बत्ती आउने, आउँदै नआउने तथा प्राधिकरणका मर्मत तथा वितरण केन्द्रले मर्मत सम्भारमा ध्यान नदिएको, मर्मत सम्भार गर्न उपभोक्ताले टेलिफोन गर्दा समेत ध्यान नदिएको भन्दै आयोगमा करिब दुई हजार बराबरी उजुरी परेको थियो। 
 
फोन, इमेल, इन्टरनेटमार्फत उजुरीको चाङ लाग्यो, मध्यरातमा पनि फोन आउन थाल्यो, प्राधिकरणले हाम्रो गुनासो सुनेन, हामीले दुःख पायौ भनेर जनस्तरबाट व्यापक गुनासो आएपछि हामीले अध्ययन टोली बनाएर स्थलगत रुपमा अध्ययन तथा अनुसन्धान गरेका हौँ। आयोगका प्रवक्ता कृष्णहरि पुस्करले भने। 
 
कहाँ कति जले 
 
आयोगले गत साउनदेखि गत पुस मसान्तसम्म काठमाडौँ उपत्यकाको दश स्थानको पूर्णरुपमा अध्ययन गरेको थियो। पछिल्लो ६ महिनामा मात्रै ४०६ वटा ट्रान्सफर्मर जलेको छ। त्यसमा साउनमा ४३, भदौ ३१, असोज ३०, कात्तिक ३२, मङ्सिर १११ र पुसमा १६१ वटा ट्रान्सफर्मर जलेको देखिन्छ। 
 
आयोगको अध्ययनअनुसार सबैभन्दा बढी ट्रान्सर्फमर बानेश्वर वितरण केन्द्रमा जलेको पाइएको छ। काठमाडौँ उपत्यकाको दश वितरण केन्द्रमध्ये बानेश्वरमा १०४ वटा ट्रान्सफर्मर जलेको पाइएको हो। रत्नपार्क वितरण केन्द्रमा २९, महाराजगन्ज ४३, कुलेश्वर ३१, कीर्तिपुर ११, जोरपाटी ४, पुल्चोक १०, लगनखेल ६५, भक्तपुर ४० र ठिमी वितरण केन्द्रमा २१ वटा ट्रान्सफर्मर जलेको पाइएको हो। उक्त तथ्याङ्कमा काठमाडौँ उपत्यकाबाहिरको भने समावेश गरिएको छैन। 
 
त्यस्तै तीन हजार ८८८ वटा एबिसी केवल जलेको अध्ययनबाट देखिएको छ। विभिन्न वितरण केन्द्रमा गरिएको अध्ययनमा साउनमा ३६२, भदौ ३३४, असोज ३५३, कात्तिक ४३४, मङ्सिर एक हजार ३१ र पुसमा एक हजार ३७४ वटा केलब जलेको पाइएको हो। उपभोक्ताको घर तथा आवासमा १५ एम्पियरदेखि ३० एम्पियरसम्मको फ्युज जोडिएको भए पनि त्यसमा कहिल्यै ट्रिप भएको पाइँदैन, तर ट्रान्सफर्मर, कन्डक्टर तथा प्रसारण तथा वितरण प्रणालीमा पटक