मार्चाद्वारा तराई-मधेस घटनाका बारेमा निष्पक्ष छानबिन गर्न मोर्चाको माग

मधेसी मार्चाले तराई आन्दोलनको क्रममा विभिन्न ठाउँमा भएको घटनाको निष्पक्ष अनुसन्धान गर्न भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापन पत्र बुझाएको छ। सेतोपाटीमा समाचार छ । 
मधेसी मोर्चाले सप्तरीको भारदह र राजविराज, धनुषाको जनकपुर, महोत्तरीको जलेश्वर, रौतहटको गौर, बाराको कलैया, पर्साको वीरगंज, रुपन्देहीको बेलहिया र मोरङको रंगेली तथा डायनियामा भएको घटनाको अनुसन्धान गरेर प्रतिवेदन सार्वजनिक गर्न आयोगमा ज्ञापनपत्र बुझाएको हो।
आयोगमा बुझाइएको मोर्चाको ज्ञापन पत्रमा फौजदारी न्याय प्रणाली अन्तर्गत मानवअधिकार उल्लंघनकर्तालाई कारबाही गर्न तथा पीडित परिवारलाई यथाशिघ्र क्षतिपूर्ति उपलब्ध गराउन, आन्दोलनमा गोली चलाउने सुरक्षा निकाय लगायत अन्य संलग्न जोसुकैलाई अनुसन्धानको दायरामा ल्याई दोषि देखिए कारबाहीको लागि सरकारलाई सिफारिस गर्न आग्रह गरेको छ।
शान्तिपूर्ण आन्दोलन गर्न पाउने नागरिकको अधिकार हुँदा हुँदै आफूहरूको  आन्दोलनलाई सरकारले दमन गर्दै आएको भन्दै मोर्चाले आयोगमा ज्ञापन पत्र बुझाएको जनाएको छ।
आन्दोलनमा अहिलेसम्म ५४ जना आन्दोलनकारीको मृत्यु भइसकेको आयोगलाई स्मरण गराउँदै आयोगले यथासिघ्र वार्ता र संवादको माध्यमबाट समस्याको हल खोज्न सरकारलाई दबाब दिनुपर्ने समेत मोर्चाको धारणा छ।
ज्ञापन पत्र बुझ्दै आयोगका अध्यक्ष अनुपराज शर्माले पहिचान र अस्तित्वको लागि भएको आन्दोलनलाई सरकारले संवेदनशील भई सम्बोधन गर्नुपर्ने बताएका छन्। सेतोपाटीमा समाचार छ ।