न्युनतम गणपुरक संख्या नपुगेपछि व्यबस्थापिका संसदमा सांसदको आकर्षण घट्दै

व्यवस्थापिका संसदमा सांसदको आकर्षण घट्दै गएको छ। सोमबार बसेको बैठकमा वाणिज्य मन्त्री दीपक बोहोराले व्यापार सम्बृद्ध बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी सम्झौता (टिप्स) प्रोटोकल अनुमोदनका लागि न्युनतम गणपुरक संख्या नपुगेपछि व्यबस्थापिका संसदमा सांसदको आकर्षण घट्दै गएको देखियो।
यसअघि पुस १२ गते बसेको बैठक पनि आवश्यक न्युनतम गणपुरक संख्या १४९ चाहिएकोमा १२४ जना मात्र उपस्थीत देखिए पछि बैठक स्थगित भएको थियो। आजको बैठकमा पनि नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले नियमापत्ति गर्दै गरपुरक संख्या माग गरेपछि आवश्यक १४९ मा १४२ जना सभासद मात्र उपस्थित देखिए।
नेपालको संविधान संसद बैठक संचालन नियमावली र केहि स्थापित मान्यता हरुले संसद को बैठक संचालनमा आवश्यक गणपुरक संख्या तोकिएको छ। सामान्यतया संसद्को बैठक संचालनमा गणपुरक संख्यालाई आवश्यक नमानिए पनि कुनै बिषय निर्णयार्थ पेश हुदा गणपुरक संख्या आवश्यक पर्छ।
व्यवस्थापिका-संसद्को अर्को बैठक यही माघ १२ गते अपराह्न ३ बजेका लागि बोलाइएको छ । सेतोपाटीमा समाचार छ ।