भारतको नयाँ दिल्लीबाट काठमाडौं आउन लागेको जेट एअरवेजको जहाजमा बम राखिएको शंकामा विमानलाई दिल्ली विमानस्थलमा रोकिएको छ ।
सो एअरवेजको विमानले नेपाली समयअनुसार सोमबार दिउँसो १ बजेर ४० मिनेटमा काठमाडौंका लागि उडान भर्नुपर्ने थियो । विमानमा चालक दलका सात र एक सय ११ जना यात्रु सवार थिए ।
विमान उड्नुअघि अपरिचत व्यक्तिले विमानस्थलमा फोन गरी ह्यापी रिपब्लिक डे, रिट नम्बर १८ मा गिफ्ट बस्क छाडेको छु-भनेको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।
त्यसपछि सो एअरलाइन्सको उडान रद्द गरिएको छ भने विमानलाई सुरक्षित क्षेत्रमा सारिएको हो ।
जेट एअरवेजले विज्ञप्ति जारी गरी सुरक्षाका कारण उडानमा ढिलाइ भएको बताएको छ ।
विमानमा बम भए/नभएकोबारे अनुसन्धान जारी रहेको भारतीय सन्चारमाध्यमले उल्लेख गरेका छन् । सुरक्षाकर्मीले विमानभित्र सर्च गरिरहेको जनाइएको छ । – इमेजखबरमा समाचार छ ।