कांग्रेसद्धारा तराई-मधेसमा आफ्नो पार्टीको गतिविधी गर्न कुनै अवरोध नगर्न आग्रह

नेपाली कांग्रेसले तराई-मधेसमा आफ्नो पार्टीको गतिविधी गर्न कुनै अवरोध नगर्न आग्रह गरेको छ ।
सोमबार बसेको केन्द्रिय समितिको बैठकले तराई-मधेसमा जारी आन्दोलनका कारण पार्टीको स्थानीय तहका अधिवेशन गराउन असहज भएको निष्कर्ष निकाल्दै आन्दोलनरत मधेसी मोर्चासँग सहयोगको अपील गरेको छ ।
कांग्रेसको माघ १५ देखि २५ सम्म वडा, गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन हुँदैछ । बैठकले तराई मधेसको भावना समेट्ने गरी कांग्रेसको पहलमा संविधान संशोधन भएको उल्लेख गर्दै खुसी व्यक्त गरेको छ । अन्य विषयहरु संवाद र छलफलकै माध्यमबाट समाधान गर्न सकिने विश्वास कांग्रेसले लिएको छ । इमेजखबरमा समाचार छ ।