प्रधानमन्त्री केपी शर्मा ओलीले एकदुई दिन भित्रमै नाकाबन्दी खुल्ने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादक तथा बरिष्ठ पत्रकारहरुसँग मंगलबार छलफल गर्दै उनले केहीदिनमै नाकाबन्दी खुल्ने दाबी गरेका हुन्।
एकदुई दिनमै नाकाबन्दी खुल्छ भन्ने आधार के छ? यसको विश्वस्नीयता के हो? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, अब आन्दोलनकारी दलहरुसँग पनि नाकाबन्दी गरिराख्न मिल्ने कारण छैन। उहाँहरुले छिट्टै नाका खोल्नुहुन्छ।
उनले भने, नाकाबन्दी अन्त्य गर्नेबारे हामीले राष्ट्रिय अन्तराष्ट्रिय परामर्श जारी राखेका छौं।
यसअघि पनि प्रधानमन्त्री ओलीले पटकपटक चाँडै नाकाबन्दी खुल्ने बताउँदै आएपनि नाकाबन्दी खुल्न सकेको छैन। आफूले भने पनि नाकाबन्दी नखुलेको विषयलाई स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, म मित्रहरुको मित्रतामा विश्वास गर्छु। राजनीतिक दलहंरुको इमान्दारीतामा विश्वास गर्छु। मलाई पनि नाकाबन्दी खुल्नेबारे जुन विश्वास दिलाइएको थियो। विगतमा त्यसमा ठेस लागेकै हो।
प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी चलिरहेको प्रसङ्गमा ‘नाकाबन्दी नखुली भारत भ्रमणमा जानुहुन्छ? भनी सोधिएको प्रश्नको जवाफमा उनले भने, परिस्थिति सामान्य नभई भारत भ्रमणमा जानु वाञ्छनीय हुँदैन। तर अब यो प्रश्न नै प्रासङ्गिक हुन्छ भन्ने मलाई लाग्दैन। सेतोपाटीमा समाचार छ ।