संयुक्त राष्ट्रसंघका महासचिवद्धारा संविधान संशोधन विधेयक पास गरेकोमा स्वागत,नाका अवरोध हट्ने विश्वास व्यक्त

संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालको संसदले संविधान संशोधन विधेयक पास गरेकोमा स्वागत गर्दै यसले नाकामा भइरहेको अवरोध हट्ने विश्वास व्यक्त गरेका छन् ।
सञ्चारकर्मीहरुले गरेको प्रश्नको जवाफ दिंद मुनका प्रवक्ता स्टेफेन डुजारिकले महासचिव मुनले संविधान संशोधनले संवैधानिक व्यवस्थामा भएका भिन्नता हटाउने भन्दै संशोधनको स्वागत गरेको बताए ।