पशुपंक्षी विकास मन्त्रालयले तीन वर्षभित्र नेपाललाई अन्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेको छ ।
मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी अन्डामा एक वर्ष, मासुमा दुई वर्ष र दूधमा तीन वर्षभित्र आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेको हो ।
मन्त्रालयले पशुपंक्षी र पशुजन्य पदार्थको खरिद-बिक्री, बजारभाउ र गुणस्तरको जाँच अनुगमन गरी व्यवस्थित गर्ने कार्यविधि पनि लागू गर्ने जनाएको छ ।
साथै, एक जिल्ला एक घाँसेबाली स्रोत केन्द्र स्थापना गर्ने र विभिन्न जिल्लाहरुमा हुँदै आएको